गुणस्तर सर्कलको पुनर्गठनपश्चात् सामुहिक तस्विर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा विद्यार्थी गुणस्तर सर्कल पुनर्गठन गरिएको छ । बुधबार युवराज विश्वकर्माको संयोजकत्वमा सर्कल पुनर्गठन गरिएको हो ।

युवराजको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वित्त तथा बजारशास्त्र विभाग प्रमुख लिलानाथ ढुंगेलले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा सरिता तितुङ, रिगेन श्रेष्ठ, रोशन तिमल्सिना, सन्ध्या थपलिया, भगवती तिमल्सिना, समन सापकोटा चयन भएका छन् ।

यस्तै, निशान बिडारी, अमृता सापकोटा, विशेषता उप्रेतीलाई सदस्यमा चयन गरिएको छ । शिक्षण सिकाई प्रभावकारी बनाउने उद्देश्यले विद्यार्थीलाई सक्रिय बनाउन सर्कल गठन गरिएको हो ।