बैठक बस्दै ।

हेटौंडाः बामगती प्रदेशका नवनिर्वाचित सांसदहरुले बिहीबार सपथ लिने भएका छन् । शुक्रबार बागमती प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले बिहीबार नवनिर्वाचित सांसदहरुले सपथ लिने तयारी गरेको हो ।

यसअघि बुधबार प्रदेश सभाका जेष्ठ सदस्यलाई प्रदेश प्रमुखबाट सपथ ग्रहण गराउने बैठकले निर्णय गरेको छ । जेष्ठ सदस्यले सपथ लिएपछि अरु सांसदहरुलाई जेष्ठ सदस्यले सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । बागमती प्रदेशमा निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त नुवाकोट २(१) बाट प्रत्यक्ष निर्वाचित रामप्रसाद ढुङ्गना जेष्ठ सदस्य रहनुभएको छ । ढुङ्गानाले १ सय ९ प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउनुहुनेछ । बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३७ जना सांसद, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ जना र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।

सर्वदलीय बैठक पौैष १३ गते दिउँसो २ बजे जेष्ठ सदस्य सपथ र पौष १४ गते दिउँसो २ बजे सबै प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण गर्ने निर्णय गरेको हो । पौष १४ गते सपथ लिएपछि मात्रै सबै प्रदेश सभा सदस्यहरुले वैधानिकता पाउनेछन् । १७ र १८ गतेसम्म पहिलो बैठक बस्ने बैठकले छलफल गरेको छ । बागमती प्रदेशमा सरकार गठन पहिलो बैठकपछि मात्र हुने भएको छ ।