हेटौंडाः हेटौंडा–१८, खड्कुलेस्थित मकवानपुर बाल विद्या सदनको खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत बिहीबार सुरु भएको खेलकुद कार्यक्रम शनिबारसम्म चल्ने छ ।
सबै तहका विद्यार्थीको सहभागिता रहने गरी विभिन्न १८ वटा खेल समावेश गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रशान्त राज गिरीले जानकारी दिनुभयो । खेलकुद कार्यक्रममा फुटसल, एलथ्लेटिक्स, बुद्धिचाल, ब्याटमिन्टन खेल खेलाइने विद्यालयकी खेल शिक्षक सन्ध्या आचार्यले जानकारी दिनुभयो ।
केही खेलकुद विद्यालय परिसरमै आयोजना गरिएको छ भने केही खेल हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना गरिएको छ । खेलकुद सप्ताहले विद्यार्थीलाई खेलकुद सम्बन्धी ज्ञान प्रदान गर्नुका साथै वार्षिकरुपमा हुने पालिका र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा बलियो सहभागिताका लागि सहयोग पुग्ने विद्यालयका प्रिन्सिपल सुदीप राज गिरीले जानकारी दिनुभएको छ ।