शिविरमा सहभागी अतिथिहरु ।

हेटौंडाः हेटौंडा १५, चिप्लेटीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर भएको छ । बुधबार भएको शिविरमा ८ सय सय १ वटा पशुपन्छीको स्वास्थ्य परीक्षण गरिएको हेटौंडा उपमहानगरपालिकाको कृषि तथा पशुन्छी विकास शाखाकी प्रमुख गंगा चौलागाईले जानकारी दिनुभयो ।

किसानलाई औषधि वितरण गर्दै ।

शिविरमा हेटौंडा–१५ स्थित चिप्लेटीका ९५ जना किसानहरुका पशुपन्छीको स्वास्थ्य परीक्षण गरिएको छ । ५ सय ७६ वटा बाख्रा, १ सय ५० वटा कुखुरा, ३० वटा गोरु, १० वटा गाई र ३५ वटा कुकुरको स्वास्थ्य परीक्षण गरिएको उहाले बताउनुभयो । स्वास्थ्य परीक्षण पश्चात् ६५ हजार रुपैयाँ बराबरको औषधी वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

घरघरमा सेवा भन्ने उद्देश्यले स्थानीय तहले स्वास्थ्य शिविर आयोजना गरेको हो । हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शिवराज चौलागाईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।