हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाँउपालिकामा १५ महिनासम्मका बालबालिकालाई लगाइने नियमित खोपको पालिकास्तरमा पूर्ण खोप कार्यक्रम बारे गोष्ठी भएको छ ।

शुक्रबार मकवानपुरगढी गाँउपालिकामा खोपको अवस्था र महत्व बारे गोष्ठी भएको मकवानपुरगढी गाउँपालिका सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाईका प्रमुख लक्ष्मण दहालले जानकारी दिनुभयो । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ स्वस्थ पालिका र बाल मृत्यु दर घटाउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो ।

सबै बालबलिकाले खोप लगाउन जरुरी भएकाले पालिकामा खोप कति छ भन्ने बारे पनि गोष्ठीमा छलफल गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा मकवानपुरगढी गाँउपालिकाका वडाअध्यक्षहरु, गाँउपालिका भित्रका ८ वटा स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधी र स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।