हेटौंडाः हेटौंडाको गोरक्षेश्वर धाममा हरेक पाँच वर्षमा आयोजना हुँदै आएको महायज्ञ आगामी बैशाख १ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको अवसरमा पाँच वर्षको अन्तरालमा आयोजना हुने महायज्ञलाई यस वर्ष पञ्चवर्षीय महायज्ञका रुपमा आयोजना गरिने बताइएको छ ।
शनिबार हेटौंडामा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिको संयोजकमा उद्योगपति अजेयराज सुमार्गी रहनुभएको छ । गोरक्षेश्वर क्षेत्र विकास समितिका अध्यक्ष उत्तम शर्मा ढकालको अध्यक्षतामा भएको भेलाले सुमार्गीको संयोजकत्वमा समिति गठन गरेको हो ।