हेटौंडाः हेटौंडा–१९ बस्तिपुरस्थित पुर्व–पश्चिम सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट एक जना म्यादी प्रहरी घाइते भएको छ । आइतबार राति ९ बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँँदै गरेको ना ४ च १४० नम्बरको एम्बुलेन्सको ठक्करबाट ईलाका प्रहरी कार्यालय नेवारपानीमा म्यादी प्रहरीको रुपमा कार्यरत सोही ठाउँका ४२ वर्षीय राम बहादुर घलान घाइते भएको हुन् ।
घाइते घलानको सोही एम्बुलेन्समा राखि हेटांंैडा अस्पतालमा उपचारको लागि ल्याइएको थियो । घलानको दायाँपट्टिको खुट्टामा र बायाँ आँखा माथि चोट लागेको थियो । घलानको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरी जनाएको छ ।