जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार दिउँसो सार्वजनिक गरेको तथ्याङ्क ।

हेटौंडाः मकवानपुर जिल्लामा मंगलबार १ सय ३९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार दिउँसो सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एक सय ३९ जनामा डेंगु संक्रमण देखिएको हो ।

हेटौंडा उपमहानगरपालिकामा एक सय जना, थाहा नगरपालिकामा २० जना, बागमती गाउँपालिकामा १ जना, कैलाश गाउँपालिकामा एक जनामा डेंगु संक्रमण देखिएको छ । यस्तै, मनहरी गाउँपालिकामा ८ जना, भीमफेदी गाउँपालिकामा ३ जना, बकैयामा ३ जनामा डेंगु संक्रमण देखिएको हो । हेटौंडामा ठेगाना नखुलेको १ जना र अन्य जिल्लाका २ जनामा डेंगु संक्रमण देखिएको कार्यालयको तथ्याङ्कले देखाउँछ । यो सँगै मकवानपुर जिल्लामा डेंगु संक्रमण संख्या ५ हजार १ सय ८४ जना पुगेको छ ।