हेटौंडाः मकवानपुुरमा बाम लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समन्वय कार्यालय स्थापना भएको छ । शनिबार हेटौंडा–२ स्थित नेपाली कांग्रेस जिल्ला कार्य समिती मकवानपुरको बाम लोकतान्त्रिक गठबन्धनद्वारा चियापान कार्यक्रम आयोजना गरि कार्यालय स्थापना भएको गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले जिल्लामा विधिगत रुपमा कार्यालय आजबाट स्थापना भएको भन्दै निर्वाचनमा तिब्र रुपमा लाग्न कार्यकताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाको सभाअध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रिय सहमहामन्त्री तथा मकवानपुर क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाको प्रमुख अतिथ्यता रहेको थियो ।
नेकपा (एस) मकवानपुर जिल्ला अध्यक्ष सुर्य चन्द्र न्यौपाने, नेकपा माओवादी केन्द्रिय पोलिटब्युरो सदस्य तथा मकवानपुर २ (क) प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तान, नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिती उपाध्यक्ष तथा मकवानपुर १ (क) प्रदेश सभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु), नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा मकवानपुर २ (ख) प्रदेश सभा उम्मेदवार इन्द्र बहादुर बानियाँ, नेपाली कांग्रेस हेटौंडा उपमहानगर पूर्व सभापति तथा मकवानपुर १ (ख) प्रदेशसभा उम्मेदवार आनन्दराम पराजुली, हेटौंडा उपमहानगर पालिका प्रमुख कुमारी मोक्तान, हेटौंडा उपमहानगरपालिका उप प्रमुख राजेश बानियाँ लगायतको उपस्थिति रहेको थियो ।