हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले प्रश्न गर्न लायक बनाउन क्षेत्र परिवर्तन गरेको बताउनु भएको छ । शनिबार हेटौंडामा उम्मेदवार भेटघाट गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले देशमा परिवर्तन ल्याउन आफुले सञ्चार क्षेत्र छाडेर राजनितिमा लागेको बताउनुभयो ।
अहिलेको देशको राजनितिक अवस्था सन्तोसयोग्य नभएको बताउँदै राजनैतिक दलका नेताहरुनै सन्तृष्टि नभएको उहाँको भनाई छ । चुनावी महोलमा जानेर या नजानेर सञ्चार माध्यमको दुरुपयोग हुने गरेको उहाँले बताउनुभयो । सञ्चार माध्यम निर्वाचनमा अझ बढि चासोको विषय भएको उहाँले स्पष्ट पार्नुभयो ।
विगतका दिनमा आफुले शक्तिको बलमा सञ्चार क्षेत्र चलाएको बताउनुभयो । आफुले सञ्चार क्षेत्रमा रहँदा विदेशमा अलपत्र परेका केहि मानिसहरु उद्धार गरेको केही ठाउँमा एक दुई ओटा अस्पताल सञ्चालन गरेता पनि देशको परिस्थित बदल्न राजनितिमा लागेको उहाँको भनाई रहेको छ । उहाँले भन्नुभयो, “धारामा पानी सफा आउन धाराको टुटी सफा गरेर मात्र हुन्न मुहान नै सफा गर्नु पर्छ ।”