हेटौंडाः मकवानपुर जिल्लामा निर्वाचनको तयारी तिव्ररुपमा भइरहेको निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिनुभएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरका जिल्ला न्यायाधीश ऋषिराम निरौला मुख्य निर्वाचन अधिकृत रहनुभएको पोखरेलले बताउनुभयो ।
यस्तै, निर्वाचन अधिकृतमा मुकुन्दहरि पौडेल रहनुभएको छ । मकवानपुरको क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृत रहने र क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृत रहने व्यवस्था रहेको उहाँको भनाई छ । असोज १५ गतेसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।