हेटौंडाः सिन्धुली जिल्लाको दुधौली नगरपालिकास्थित अस्थायी ट्राफिक पोष्टमा कार्यरत प्रहरी हवल्दार हरेराम खतिवडा प्रदेशकै उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले खतिवडा भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको जानकारी दिएको हो ।

प्रहरी हवल्दार खतिवडाले सांगठनिक नीति निर्देशनअनुसार आफूलाई दिइएको जिम्मेवारी तथा दायित्वलाई इमान्दार र कर्तव्यनिष्ठ भई सम्पादन गरेको जनाइएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट, दुधौली सिन्धुलीका लागि जग्गा प्राप्ति, स्थानीय तहसँग समन्वय गरी सीसी टिभी जडान, चोरीका मोटरसाइकलहरु नियन्त्रणमा लिई सम्बन्धित धनीलाई फिर्ता लगायत सडक सुरक्षा, सवारी नियम तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धमा विद्यार्थी, चालक, सहचालक एवम् स्थानीयहरुलाई जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न उत्कृष्ट भूमिका निर्वाह गरेको विवरणमा उल्लेख छ ।