गुगल तस्बिर ।

हेटौंडाः मकवानपुरमा बिहीबार १ सय ३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा १ सय ३१जनामा डेंगु पुष्टि भएको हो ।

डेंगु संक्रमण पुष्टि हुनेमा ८० जना हेटौंडा उपमहानगरपालिकाका छन् । यस्तै मकवानपुरगढी गाउँपालिकाका ३ जना, मनहरी गाउँपालिकाका ४० जना, बकैया गाउँपालिकाका ४ जना र ४ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या २ हजार १ सय ८ जना पुगेको छ ।