हेटौंडाः मकवानपुरमा मंगलबार २ सय १९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा २ सय १९ जनामा डेंगु पुष्टि भएको हो ।
डेंगु संक्रमण पुष्टि हुनेमा २ सय ४ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यस्तै मकवानपुरगढी गाउँपालिकाका आठ जनामा, मनहरी गाउँपालिकाका पाँच जनामा र भीमफेदी गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या १ हजार ८ सय २९ जना पुगेको छ ।











