हेटौंडाः मकवानपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) बद्रीनाथ गैह्रेको सरुवा भएको छ । करिब ८ महिनाअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हाजिर हुनुभएका गैह्रेलाई सोमबार कार्यालयबाट बिदाई गरिएको छ ।
गैह्रेले काठमाडौंको कारागार कार्यालय नख्खुमा कार्यालय प्रमुखको रुपमा कार्य गर्नुहुनेछ । उहाँले आज मंगलबारबाट कार्यभार सम्हाल्ने गरी रमाना लिनुभएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयमा उहाँको कार्यभार सम्हाल्न आउने व्यक्तिको टुङ्गो लागिसकेको छैन ।