हेटौंडाः हेटौंडा–१६, हटियास्थित रेडरोज ईंग्लिस बोर्डिङ स्कूलका विद्यार्थीले डेंगु रोगको विषयमा सचेतनामूलक र्याली निकाल्नुका साथै सचेतनामूलक नाटक मन्चन गरेका छन् ।
र्याली तथा नाटक मन्चनमा कक्षा ८, ९ र १० का विद्यार्थीको सहभागिता रहेको थियो । सडक नाटक विद्यालय र चिसापानीचोकमा मन्चन गरिएको थियो । सडक नाटक सम्पन्न भए पश्चात् चिसापानी चोकबाट पश्चिमतिर रंगशालामा–गौरीटार चोक हुँदै विद्यालयसम्म र्याली निकालिएको थियो । समुदायलाई सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बिद्यालयका शिक्षक प्रदिप पराजुलीले जानकारी दिनुभयो ।
विद्यालयका प्रिन्सिपल कैलाश धितालले विद्यार्थीलाई कक्षा कोठामा राखेर मात्र शिक्षामा गुणस्तर नआउने बरु पाठ्यक्रमलाई प्रयोगात्मक हिसाबले प्रस्तुतीकरण गर्दा सिकाइ दीर्घकालीन हुने हुँदा सचेतनामुलक सडक नाटक र र्यालीको आयोजना गरिएको बताउनुभयो ।