हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध जनसंगठनका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रबार हेटौंडामा भएको छ । मकवानपुर जनसंगठन समन्वय संयन्त्र प्रमुख तथा नेकपा एमाले मकवानपुर जिल्ला उपसचिव हिदम लामाको अध्यक्षता तथा केन्द्रीय जनसंगठन समन्वय संयन्त्र तथा एमालेका केन्द्रीय स्थायी कमिटी सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मकवानपुर जनसंगठन समन्वय संयन्त्र प्रमुख हिदम लामाले जनसंगठन र पार्टी बीचको अन्तरसम्बन्धबारे, केन्द्रिय जनसंगठन समन्वय संयन्त्र भानुभक्त ढकालले राष्ट्रिय राजनितिक गतिविधिबारे प्रस्तुति र जनसंगठनको कार्यभारबारे र पार्टी केन्द्रिय सदस्य रामेश्वर रानाले जनताको बहुयोजनाबारे प्रशिक्षण दिनुभयो । यस्तै पार्टी जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले स्थानीय निर्वाचन २०७९ को सन्देश, जनवर्गीय संगठन गठन, परिचालन र आगामी निर्वाचनको तयारीबारे प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी, पार्टी जिल्ला सचिव नविन सिग्देलले बहुदलीय मतको मान्यता अनुरुप पार्टी निर्माण र परिचालनबारे प्रशिक्षण दिनुभयो । प्रशिक्षण कार्यक्रममा पार्टी र जनसंगठनका १ सय ५० भन्दा बढी कार्यकर्ताको उपस्थिति रहेको थियो ।