हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टाको अवधिमा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा २० जनाको पिसीआर विधिबाट र ५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयले आज सोमबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १४ जना कारोना संक्रमणमुक्त भएका छन् । अहिले मकवानपुर जिल्लामा हाल कोरोनाका १४ जना सक्रिय संक्रमित रहेका छन् ।