हेटौैंडाः अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश युवा परिषद्ले वृक्षरोपण गरेको छ । मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ दिब्य बाल उद्यान पार्कमा बिभिन्न प्रजातिका विरुवा रोपिएको प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयोे ।
अन्तराष्ट्रिय युवा दिवसका अवसरका युवा परिषद्ले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज मंगलबार वृक्षरोपण कार्यक्रममा बिभिन्न प्रजातीका फलफूल र अन्य प्रजातीका बिरुवा रोपिएको उपाध्यक्ष चौलागाईले बताउनुभयो । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली बुधबार रक्तदान, २६ गते खुला साईक्लिङ्ग, २७ गते प्रभातफेरी र २८ गते पर्यटन प्रवर्द्धन युवा पद यात्रा गर्ने चौलागाईले जानकारी दिनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, हेटौंडा–९ का वडा अध्यक्ष सुकराम केसी लगायतको उपस्थिति रहेको थियो ।