रगत अभाव भएको समाचार अनलाइनमा प्रकाशित भएपछि रक्तदान गर्न ईच्छुकहरुको प्रतिक्रिया ।

हेटौंडाः लक डाउनका कारण रक्तदान कार्यक्रम आयोजना हुन नसक्दा रगतको अभाव भएको भन्ने समाचार प्रकाशन भएसँगै रक्तदाताहरु रक्तदानका लागि अग्रसर भएका छन् । आइतबार साँझ www.samridhasamaj.com.np मा रगत अभाव भएको भन्ने समाचार प्रकाशन भएसँगै रक्तदाताहरु रक्तदान गर्न अग्रसर भएका हुन् । हिजो सोमबार एकैदिन रक्तसञ्चार केन्द्रमै उपस्थित भएर १३ जनाले रक्तदान गरेका छन् ।
अहिले रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको मौज्दात पर्याप्त भएको र मागअनुसार वितरण गर्न पुग्ने भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो । ए र बी पोजेटिभ रगतको अभाव भएको भनी समाचार प्रकाशन भएलगत्तै रक्तदाताहरु रक्तसञ्चार केन्द्र हेटौंडामै आएर रक्तदान गरेको रक्तसञ्चार केन्द्र प्रमुख दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार थप रक्तदाता सम्पर्कमा रहेको र उहाँहरुलाई आवश्यकताअनुसार बोलाएर रगत संकलन गरिने बताउनुभयो । यस्तै भोलि हेटौंडा–२ का ११ जनाको समूह एक साथ रक्तदानका लागि रक्तसञ्चार केन्द्र नै आउने निश्चित भएको केन्द्र प्रमुख दाहालले जानकारी दिनुभएको छ ।