हेटौंडाः टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–८ को तेश्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट विष्णु अर्याल अध्यक्ष चयन हुनुभएको छ । शनिबार भएको भेलाले अर्याललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
समन्वय समितिको उपाध्यक्षमा गोपिनी खतिवडा, सचिबमा उमानाथ आचार्य, कोषाध्यक्षमा सालिकराम तिमल्सिना चयन हुनुभएको छ । यस्तै सदस्यमा भिमसेन घिमिरे, रामनाथ बगाले, ढक बहादुर कार्की, सोभिता नेपाल, रिना सुवेदी, पुष्पा तामाङ र मैया कार्की निर्वाचित हुनुभएको छ । नगरका १९ वटै वडाको अधिवेशनपछि टोल विकास संस्था नगर समन्वय समितिको अधिवेशन आयोजना हुनेछ ।