स्नेहा रिमाल

विविध जाति भेष र भुषा नेपाली संस्कृति
घट्दैछन् यसका नराम्रा पक्ष नराम्रा विकृति

अनेकौँ रीतिरिवाज अनि प्रचलन मानिन्छ
सबैको धर्म संस्कारलाई समान गनिन्छ

पवित्र नदी जस्तै छन् यहाँ मूल्य र मान्यता
मिलेर हामी बढ्दैछौँ अघि राखेर धैर्यता

मस्जिद, चर्च, मन्दिर, गुम्बा सबैमा गइन्छ
संस्कृति हाम्रो जगेर्णा गर्न एकबद्ध भइन्छ

कुकुर, गाई, काग र गोरु समान ठानिन्छ
रङ्गीविरङ्गी फूलको यो है बगैँचा मानिन्छ

चार है जात छत्तिस वर्ण जातको घर यो
संस्कृति देख्दा मन यो मेरो साच्चिकै भरियो

फरिया, चोली, ढाको टोपी पोशाक मानिन्छ
इस्लाम, हिन्दू किराँत सबै नेपाली भनिन्छ

बाहुन क्षेत्री राई र लिम्बु कामी र दमाई
बस्नेछौँ हाँसी खुसीले हामी एकसाथ रमाई

स्नेहा रिमाल
कक्षा : ९,नवोदय शिशु सदन