हेटौंडाः बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड अन्र्तगत छात्र भलिबलमा काठमाडौंको भलिबल टिमलाई हराउँदै मकवानपुर सेमिफाइनल प्रवेश गरेको छ । आईतबार बिहान भएको खेलमा काठमाडौंलाई सोझो सेटले हराउँदै मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिनुभयो ।
मकवानपुरको छात्र भलिबल टिमले आज साँझ ललितपुरको भलिबल टिमसँग सेमिफाइनल खेल खेल्नेछन् । सेमिफाइनलमा विजयी भएमा मकवानपुर फाइनल प्रवेश गर्नेछ । आज आईतबारबाट सुरु भएको प्रतियोगिता अन्र्तगत विभिन्न विधाका खेलहरुमा खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ ।










