विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिँदै ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाँउपालिका–८, देविटारस्थित श्री माविमा छात्रवृत्ति वितरण गरिएको छ । २ सय ८५ जना विद्यार्थीलाई विभिन्न ३ वटा शीर्षकमा छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राजु रेग्मीले जानकारी दिनुभयो ।

छात्रा छात्रवृत्तितर्फ ७७ जना, दलित छात्रवृत्ति १३ जना तथा सिमान्तकृत छात्रवृत्ति १ सय ९५ जनालाई वितरण गरिएको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल मुक्तान तथा ८ नम्बर वडा सदस्य दिलबहादुर स्याङ्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ४ सय जना विद्यार्थी अध्ययनरत छन् ।