हेटौंडाः नेपाल प्रेस युनियनको ९औं राष्ट्रिय महाधिवेशन हेटौंडामा हुने भएको छ । साउन ६ र ७ गते हुने महाधिवेशनमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापती शेरबहादुर देउबाले ६ गते महाधिवेशनको उद्धघाटन गर्नु हुनेछ ।

बिहिबार पत्रकार सम्मेलन गर्दै नेपाल प्रेस युनियन संघले महाधिवेशनको विषयमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी गराउनुभयो । महाधिवेशनमा नेपाली काँग्रेसका नेता राम चन्द्र पौडेल लगायत नेपाली काँग्रेसका शिर्ष नेता र प्रेस युनियनका नेपाल भरका १५ सय जना सहभागी हुने सिग्देलले बताउनुभयो ।

यस्तै, हेटौंडामा महाधिवेशनका लागि सचिवालय भवन उद्घाटन भएको छ । नेपाली काँग्रेस बागमती प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँले सचिवालय भवनको उद्घाटन गर्नुभएको हो । सचिवालय उद्घाटन गर्दै बानियाँले नेपाल प्रेस युनियनको ९औं महाधिवेशन सफलता पुर्वक सम्पन्न गर्न आग्रह समेत गर्नुभयो ।