हेटौंडाः हेटौंडा १० स्थित सोलिड्यारिटी इन्टरनेसनल एकेडेमीमा राष्ट्रिय धान दिवसको कार्यक्रम गरिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिकसँगै व्यवहारिक ज्ञान पनि दिने उद्देश्यले बुधबार राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन धान रोप्ने कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयमा अध्ययनरत ६ कक्षाका विद्यार्थीलाई धान दिवसको महत्व बुझाउन विद्यालयले बालबालिकालाई धान रोप्ने तथा दही चिउरा खाने कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रिना आचार्य, शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।