रगत दान गर्दै दिपेन्द्र कुमार पाठक(पुष्प पराग)

हेटौंडाः हेटौंडा-११ निवासी दिपेन्द्र कुमार पाठक(पुष्प पराग)ले ५०औं पटक रक्तदान गर्नुभएको छ । रक्तसंचार केन्द्र हेटौंडाको आग्रहमा बुधबार उहाँले ५०औं पटक रक्तदान गर्नुभएको हो ।

रक्तदान गर्दा आफुलाई पनि खुसी मिल्ने भन्दै उहाँले विभिन्न संघ संस्थाले आयोजना गरेको कार्यक्रमहरुमा रक्तदान गर्दै आएको बताउनु भएको छ । ५० पटक रक्तदान गर्दा अधिकांश रक्तदान रक्त संचार केन्द्र हेटौंडाले आपतकालिन अवस्थामा माग गरेको समयमा दिँदै आएको उहाँले बताउनुभयो ।

रक्त संचार केन्द्र हेटौंडाले रगतको माग हुँदा आपतकालिन समयमा रगत दान गर्न आग्रह गर्ने गरेको छ । “बी पोजेटिभ” ग्रुपको रगत भएकोले आवश्यक परेको समयमा दिने मिल्ने अवस्थामा सँधै रगत दान गर्दै आएको उहाँले बताउनुभयो ।