विद्यालय व्यवस्थापन समिति सदस्यमा चयन भएकाहरु ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैंसेस्थित कृष्ण माविमा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन तथा शिक्षक अभिभावक संघको गठन भएको छ ।

शुक्रबार व्यवस्थापन समितिमा ४ जना चयन गरिएको छ । अभिभावक भेलाले मरन जोशी, सुमित्रा थिङ, रामेश्वर गोपाली र अन्जना आलेलाई विद्यालयमा व्यवस्थापन समिति सदस्यमा चयन गरेको छ । अर्काे साता बैठक बसेर व्यवस्थापन समितिलाई पूर्णता दिने बताइएको छ ।

अभिभावक भेलामा सहभागीहरु ।

शुक्रबार शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । गोपीराम बलको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भएको छ । ११ सदस्यीय समितिमा ७ जना सदस्य चयन भएका छन् भने बाँकी ४ जनालाई पछि बस्ने बैठकमा मनोनित गरिने विद्यालयका शिक्षक दीपक पुडासैनीले जानकारी दिनुभएको छ ।