लागुऔषध खैरो हिरोईनसहित पक्राउ परेका निराजन घिमिरे ।

हेटौंडाः लागुऔषध खैरो हिरोईनसहित एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ साढे ६ बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पथलैया–हेटौंडा सडकखण्डको हेटौंडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट हेटौंडा–१, चाईनाक्वाटर बस्ने ३४ वर्षीय निराजन घिमिरेलाई ५ ग्राम लागुऔषध खैरो हिरोईनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घिमिरेलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।