सांकेतिक तस्बिर ।

हेटौंडाः हेटौंडा अस्पतालमा जेठ महिनामा २० वर्षभन्दा कम उमेरका १७ जना किशोरी आमा बनेका छन् । हेटौंडा अस्पतालमा जेठ महिनामा १ सय ७६ जना गर्भवतीले प्रसुती सेवा लिएका छन् ।

नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु नै दण्डनीय अपराध हुने ठहर गरे पनि २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन । २० वर्षभन्दा कम उमेरमा विवाह गरेर गर्भवती भई सुत्केरी हुनेको संख्या उल्लेख्य छ । २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुँदा गर्भवती महिला र गर्भमा रहने भ्रुण दुबैमा जोखिम रहने चिकित्सकको भनाइ छ । २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुँदा गर्भमा रहने बच्चामा रक्तअल्पताको जोखिम रहन्छ । गर्भवती र शिशुको ज्यानै जान सक्नेसम्मको जोखिम हुने चिकित्सकको भनाइ छ ।