हेटौंडाः शुक्रबार हेटौंडा १२ सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालयमा वडा स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । वडा नम्बर १२, १३, १४, १५ चार वटा वडाको आधारभूत तह (कक्षा ६–८) मा अध्ययनरत विद्यार्थीहरुको लागि प्रतियोगिताको आयोजना गरिएको हो । चित्रकला प्रतियोगीतामा हेटौंडा १२ विष्णु आधारभूत विद्यालयको लाक्पा लामा प्रथम भएका छन् ।
लामा शैक्षिक सामाग्रीसहित पुरस्कृत भएको प्रतिभा आविका प्रधानाध्यापक कमल लामाले जानकारी दिनुभयो । त्यस्तै हेटौंडा १३ को कालिका आविका राजन वाईबा द्धितीय र हेटौंडा १४ दिपज्योतीका प्रतिक राना तृृतीय भएका छन् । यस्तै हेटौंडा १५ श्री आधारभूत विद्यालयका आयुष थिङ सान्त्वना भएका छन् । सबैलाई शैक्षिक समाग्रीसहित पुरस्कृत गरिएको उहाँले बताउनुभयो । हेटौंडा १२ प्रतिभा आविको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको प्रायोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ४ वटा वडाबाट १३ वटा विद्यालयका २६ जना विद्यार्थीको सहभागिता रहेको थियो । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता तथा प्रतिभा आविका व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर थिङको सभाध्यक्षतामा कार्यक्रमको भएको थियो ।