बागमती प्रदेशको बजेट प्रस्तुत गर्नुहुँदै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल ।

हेटौंडाः बागमती प्रदेश सरकारले कृषि क्षेत्रलाई निर्वाहमुखीबाट आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकरण तर्फ रुपान्तरण गर्न समूह, सहकारी तथा नीजि क्षेत्रलाई प्रोत्साहनको लागि बजारको पहुँच सहजीकरण गर्न जोड दिएको छ । जसको लागि प्रदेश सरकारले घुम्ती कोष संचालनमा ल्याउने भएको छ ।

आगामी वर्षको बजेट प्रस्तुत गर्नुहुँदै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आगामी वर्र्षदेखि बास्तविक किसानलाई सहयोग गर्न घुम्ती कोष स्थापना गरी समूह, नीजि तथा सहकारी लक्षीत गरी निब्र्याजी बीउ पुँजी किस्तामा उपलब्ध गराउने जानकारी दिनुभयो । जसको लागि प्रदेश सरकराले ५० करोड रुपैयाँ विनियोजन गरेको छ । किसानलाई अन्तिम किस्ता प्रदान गर्दा उत्पादन परिणामलाई आधार बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

किसानले निश्चित समयपछि रकम फिर्ता गर्न यथाशिघ्र कार्यविधि तर्जुमा गरी कार्यक्रम संचालन गरिने उहाँले बताउनुुभयो । कृषि तथा पशुपालन क्षेत्रमा दिएको अनुदानको प्रभावकारीता कम देखिएकोले कृषकलाई प्रोत्साहन गर्ने बाहेकका सबै अनुदान खारेज गरिएको समेत उहाँले जानकारी दिनुभएको छ ।