हेटौंडाः बागमती प्रदेशको बजेट अहिले प्रदेश सभामा प्रस्तुत भईरहेको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आर्थिक वर्ष २०७९/८० को अनुमानित आय र व्ययको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।
बागमती प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । कृषिमा आधुनिकता, यान्त्रिकरण र व्यवसायिकरण गर्न बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।