हेटौडाः बुधबारदेखि देशव्यापीरुपमा मतदाता नामावली सङ्कलन कार्य सुरु भएको छ । प्रदेश र संघको निर्वाचन घोषणा नभएसम्म मतदाता नामावली सङ्कलन कार्य जारी रहने बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताउनु भयो । मकवानपुरमा पनि मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु भएको छ ।
मतदाता नामावलीको सूचिमा नयाँ नाम दर्ता गराउनुका साथै बसाइसराई गरी आएकाको हकमा पनि मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गर्न पाइनेछ । कार्यालयमा कर्मचारीको संख्या कम भएको र सेवाग्राही बढी भएकोले मतदाता नामावली सङ्कलन गर्न तथा निर्वाचन सम्बन्धी आवश्यक कार्य गर्न समस्या भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलको भनाइ छ । मतदाता परिचयपत्र हराएकाहरुले पनि नयाँ परिचयपत्र प्राप्त गर्न निवेदन दिन सकिनेछ ।