हेटौंडाः बागमती प्रदेशको बैठक आज बस्दैछ । आजको बैठकले बागमती प्रदेशको चालु आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदैछ । बागमती सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ ।

बागमती प्रदेशको आज दिउँसो ४ बजे बस्ने प्रदेश सभामा बजेट प्रस्तुत हुँदैछ । यस्तै, आज नै ७ वटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट ल्याउँदैछन् । प्रदेश सरकारहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार नै बजेट ल्याउने तयारी गरेका हुन् । ७ वटै प्रदेश सरकार आफ्ना–आफ्ना प्राथमिकताका विषय अगाडी सारेर बजेट ल्याउने तयारीमा रहेका छन् ।