लक डाउनका बेला पनि खुला रहेको हेटौंडा–१०, राप्तीरोडस्थित एक औषधी पसल ।

हेटौंडाः मकवानपुर औषधी व्यावसायी संघले जिल्लाभर पुग्ने औषधीहरुमा कुनै समस्या नभएको जनाएको छ । औषधी व्यावसायी मकवानपुरका अध्यक्ष सुधीर दाहालले सबै औषधी पसलहरु खुल्ला रहेको भन्दै आपूर्तिमा पनि कुनै समस्या नरहेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले पास बनाईदिएका कारण गाडिहरु पठाएर औषधी आयात गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । त्यस्तै हेटौंडाबाट अन्य गाडिहरु काठमाडौं गए तापनि त्यहि गाडिमा औषधी ल्याइएको पनि उहाँले बताउनुभयो । हेटौंंडाको औंषधी पसलहरुमा (पर्सनल प्रेटेक्टिभ इक्युप्मेन्ट) पिपिई र सर्जिकल मास्क भने अभाव भएको उहाँले बताउनुभयो । उहाँले स्थानीय सरकार, प्रदेश सरकारले पनि यी दुबै उपलब्ध गराउन जोड गर्नुपर्ने बताउनुभयो । हेटौंडामा कपडाको मास्क पाइए तापनि सर्जिकल मास्क भने अभाव नै रहको छ ।