लक डाउनको छैठौं दिन आज हेटौंडाको मेनरोडको दृश्य ।

हेटौंडाः मकवानपुरमा लक डाउन सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन पाठकले जिल्लाभर लक डाउनको अवज्ञा गर्ने अर्थात उल्लंघन गर्ने केहीलाई पक्राउ गरिए तापनि अब भने पक्राउ गरिएकालाई निश्चत स्थानमा लामो समयसम्म उभ्याएर राखिने योजना रहेको बताउनुभयो ।
अहिले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पास बाँडिएकाले लक डाउनमा केही चहलपह देखिएको भन्दै अत्यावश्यक खाद्यान्न, औषधी उपचार बाहेक अन्य बाहिर निस्कनेलाई कारबाही गरिने उहाँले बताउनुभयो । उहाँले कोरोना भाइरसबाट बच्च दुरी कायम गर्नुपर्ने भन्दै मान्छेको प्रत्यक्ष सम्पर्कमा नबस्न पनि आग्रह गर्नुभएको छ ।