हेटौंडाः बकैया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज लामिछाने ११ हजार २ सय ९२ मतसहित विजयी हुनु भएको छ । अध्यक्षका प्रत्यासी नेकपा एमालेकी उम्मेदवार सरला बोलखेले ७ हजार ६६, राप्रपाका राम प्रसाद दाहालले ३ सय ६९ र नेकपा समाजवादीका नारायण प्रसाद तिमल्सिनाले १ सय ३२ मत प्राप्त गरेका छन् ।
यस्तै, गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्त बहादुर खत्री ९ हजार ५ सय २२ मतसहित विजयी हुनु भएको छ । उपाध्यक्षका प्रत्यासी नेकपा एमालेका लाल बहादुर स्याङ्तानले ७ हजार ६ सय ५२, राप्रपाकी सावित्री राईले ४ सय ६४ मत प्राप्त गर्नु भएको छ ।











