हेटौंडाः राक्सीराङ गाउँपालिकाको वडा नम्बर ७ मा राम बहादुर प्रजाको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर ४ सय ५७ मत सहित विजयी हुनु भएको हो ।
अध्यक्षका प्रत्यासी नेकपा एमालेका सूर्य बहादुर प्रजाले ४ सय १८ र नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर थिङले १ सय ३० मत प्राप्त गरेका थिए । यस्तै, सदस्यहरुमा केशब चेपाङ(४५२), सुनिल ब्लोन(४२३), महिला सदस्यमा सन्त माया चेपाङ(४५९) र दलित महिला सदस्यमा पार्वती सुनार(४५९) विजयी भएका छन् ।
त्यसैगरी, राक्सीराङ गाउँपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका युसाई प्रजा ५ सय १५ मतसहित प्यानल नै विजयी भएको छ । अर्का अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका राम कृष्ण प्रजाले ३ सय ४९ र नेकपा एमालेका सञ्च बहादुर प्रजाले ६१ मत प्राप्त गरेका छन् । वडा नम्बर ८ को सदस्यहरुमा नेकपा माओवादी केन्द्रका दिल बहादुर स्याङ्तान(४५७), सूर्य बहादुर थिङ(४०६), महिला सदस्यमा मन माया थिङ(४९८) र दलित महिला सदस्यमा शान्ती माया विश्वकर्मा(४८६) विजयी भएका छन् । राक्सीराङ गाउँपालिकाको अन्तिम वडा ९ नम्बर वडाको मत गणना कार्य जारी रहेको छ ।










