हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा गठबन्धनले अग्रता लिएको छ । १९ नम्बर वडामा १ सय ५५ मत गणना हुँदा गठबन्धनले अग्रता लिएको हो ।

हालसम्म गणना भएको मत अनुसार मेयरमा गठबन्धनको ५६, नेकपा एमालेको ३६, राप्रपाको ३२ मत रहेको छ । यस्तै, उपमेयरमा गठबन्धनको ६९, नेकपा एमालेको ४२, राप्रपाको ४ म प्राप्त भएको छ । हेटौंडा वडा नम्बर १९ को वडा अध्यक्षमा गठबन्धनले ५२, नेकपा एमालेले ४७ र राप्रपाले २ मत प्राप्त गरेका छन् । हालसम्म हेटौंडा १९ मा ५ वटा मत बदर भएको छ ।