हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा मतगणना कार्य सुरु भएको छ । सर्वदलीय बैठक पश्चात् ११ बजेदेखि मतगणना कार्य सुरु गरिएको राक्सिराङका मतदान अधिकृत गोपाल प्रसाद कँडेलले जानकारी दिनुभयो ।

अहिले राक्सिराङ–१ नम्बर वडाको मत गणना कार्य सुरु भइरहेको उहाँले बताउनुभयो । राक्सिराङमा १९ वटा मतदान स्थलमा २३ वटा मतदान केन्द्र तोकिएको थियो । शुक्रबार भएको मतदानबाट करिब ७२ प्रतिशत मत खसेको थियो ।