हेटौंडाः ५ बजेभित्र मतदान स्थलको गेटभित्र गएका मतदाताले मतदान गर्न पाउने भएका छन् ।

वर्षाका कारण ढिलाई भएको मतदान केन्द्रमा आयोगले तोकेको समय ५ बजेसम्म मतदान नसकीएमा गेटबाट भित्र पसेका सबै मतदाताले मतदान गर्न पाउने बागमती प्रदेशका निर्वाचन आयोगका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभएको छ । वर्षाका कारण मकवानपुरको अधिकांश मतदान केन्द्रको मतदान केही समय प्रभावित बनेको छ ।