सुनसान हेटौंडा बजार ।

हेटौंडाः दैनिक भिडभाड व्यस्त देखिने हेटौंडा बजार आज सुनसान छ । स्थानीय तह सदस्य निर्वाचनको कारण आज हेटौंडा बजार सुनसान भएको हो । मतदाताहरु मतदान केन्द्रमा लामबद्ध भएर मत दिनमा व्यस्त छन् । सरकारले मतदानलाई स्वच्छ, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्न सवारी साधन आवतजावत बन्द गरेकोले पनि बजार सुनसान देखिएको हो ।