हेटौंडाः नेकपा एमालेबाट ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा देवकृष्ण (डीके) पुडासैनी र उपाध्यक्षमा उमा लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर सोमबार दिउँसो पुडासैनी र लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
ईन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर १ मा राजु बस्नेत, २ मा बैकुण्ठ थापा मगर, ३ मा प्रताप भोम्जन, ४ मा चन्द्र कुमार बल र ५ मा अनिष लामाले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।











