
हेटौंडाः सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा मीना कुमारी लामा र उपमेयर पदमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ । सोमबार दिउँसो ३ बजेको समयमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मीना र राजेशले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सत्तारुढ दलबीचको सहमतिमा नेकपा एकीकृत समाजवादीबाट मीना कुमारी लामा मेयर पदमा उम्मेदवार बन्नु भएको हो भने नेपाली कांग्रेसबाट राजेश बानियाँ उपमेयर पदमा उम्मेदवार बन्नु भएको हो । सत्तारुढ गठबन्धनबीच हेटौंडा उपमहानगरको वडा तहमा पनि तालमेलको प्रयास भएको छ । कतिपय वडामा गठबन्धनबीच तालमेल भएको छ भने कतिपय वडामा तालमेल हुन सकेको छैन ।










