हेटौंडा-४ स्थित भुटनदेवी माविमा परीक्षा दिन उपस्थित भएका तस्बिर फाइल विद्यार्थीहरु ।

हेटौंडाः विद्यालय शिक्षा परीक्षा (एसईई) को तेस्रो दिन सोमबार मकवानपुरमा नियमिततर्फ २ सय २१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । सोमबार भएको अनिवार्य नेपाली विषयको परीक्षामा ९८ जना छात्र र एक सय २३ जना छात्रा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।

ग्रेडवृद्धितर्फ ५ जनाले परीक्षा दिएका छन् । आवेदन फारम भरेका मध्ये ३ हजार ३ सय जना छात्र र ३ हजार ६ सय २० जना छात्रा गरी ६ हजार ९ सय ४२ जना परीक्षार्थी परीक्षामा सहभागी भएको पौडेलले जानकारी दिनुभयो ।