हेटौंडाः सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मकवानपुर जिल्लामा आफ्नो भागमा परेको पालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंग्याएको छ ।
आइतबार राती नेपाली कांग्रेसले बकैया गाउँपालिकाको अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा दोर्जे लामा स्याङ्तान, कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा राजकुमार मल्ल र मनहरी गाउँपालिकाको अध्यक्षमा रञ्जन कालाखेतीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै बागमती गाउँपालिकाको उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिकाको उपाध्यक्षमा मोमलाल दोङ र ईन्द्रसरोवर गाउँपालिकाको उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने निर्णय भएको छ । हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरमा भने कांग्रेसले उम्मेदवारको नाम टुंग्याउन सकेको छैन ।











