डिएसपी टेकबहादुर कार्की

हेटौंडाः प्रहरी नायव उपरीक्षक (डिएसपी) टेकबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जिम्मेवारी सम्हाल्नु भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयमा हाजिर भई कार्कीले जिम्मेवारी सम्हाल्नु भएको हो ।

कार्की यसअघि इलाका प्रहरी कार्यालय चापागाउँमा कार्यरत हुनुहुन्थ्यो । कार्कीले आफ्नो जिम्मेवारी उत्कृष्ट ढङ्गबाट पूरा गर्ने बताउनुभएको छ । यसअघि मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल सरुवा भएर जानु भएको हो भने कार्की सरुवा भएर आउनुभएको हो ।