सांकेतिक चित्रः गुगल ।

हेटौंडाः छिमेकी जिल्ला बारामा बाघको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । सोमबार दिनको ३ बजेको समयमा बारा जिल्लाको कोहल्वी नगरपालिका–२ स्थित तामागढी साझेदारी वनमा घाँस काट्न जाँदा बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१६, टाँगियाबस्तीका ३१ बर्षीय सुरेश मगरको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

बारा प्रहरीका अनुसार घाँस काट्न गएका ४ जना मध्ये बाघको आक्रमणबाट मगर गम्भीर घाइते भएका थिए । मगरलाई अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहल्वीबाट प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।