हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेले नवीन सिग्देललाई सिफारिस गर्ने निर्णय गरेको छ ।
नेकपा एमाले ४ नम्बर वडा कमिटीको बुधबार बिहान बसेको बैठकले सर्वसम्मत वडा अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्ने निर्णय गरेको पार्टी वडा कमिटीका अध्यक्ष राजेन्द्र वास्ताकोटीले जानकारी दिनुभयो ।
वडा सदस्यमा जनरल श्रेष्ठ, जगन्नाथ पाण्डे, गीता त्रिपाठी र विष्णुदेवी देउला सिफारिस भएका छन् । वडा अध्यक्षमा सिग्देल र सदस्यमा जनरल श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्मेदवार हुने भएको छ भने पाण्डे, त्रिपाठी र देउला नयाँ अनुहार हुन् ।